नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर अन्तर्गत पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसीबीच रोचक भिडन्त भएको छ।
निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा छिनोफानो हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
खेलको पहिलो हाफमा १–० ले पछि परेको पोखराले दोस्रो हाफमा बराबरी गोल फर्कायो।
खेलको ७१ औं मिनेटमा स्टेफन पापाको गोलमा पोखरा खेलमा फर्कियो। जो एडोको लामो पासमा स्टेफनको हेडर सिधै गोलमा परिणत भयो।
75
Shares
प्रतिक्रिया