फोटोफिचर


फ्रान्सेली क्लबमा आवद्ध भएलगत्तै प्रशिक्षणमा साम्बा (तस्बिरहरू)


नेपालखबर
माघ १९, २०८० शुक्रबार १३:१६, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबलमा प्रशिक्षण थालेकी छन्। 

फ्रान्सको शीर्ष डिभिजनको फुटबल क्लब ईए गुइङ्ग्याम्पसँग डेढ वर्षको सम्झौता गरेलगत्तै उनले प्रशिक्षण थालेकी छन्।

अनुबन्ध भएलगत्तै उनले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्नका लागि प्रशिक्षण थालेकी हुन्। साम्बाले क्लबका अन्य साथीहरूसँगै क्लबको ग्राउन्डमा प्रशिक्षण गरिरहेकी छन्। 

साम्बा उक्त क्लबमा २८ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिने छिन्।

क्लबले शनिबार हुने लिग खेलका लागि उनलाई प्लेइ सेटमा राख्ने सम्भावना छ। त्यस दिन गुइङ्ग्याम्पले बोर्डोसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली फुटबल जगतबाट युरोपेली क्लबमा व्यवसायिक फुटबल खेल्न साम्बा पहिलो फुटबलर हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .