नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मातातीर्थमा २२० केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्याएको छ।
मकवानपुरको मार्खुदेखि लाइन चार्ज हुने गरि निर्माण गरिएको सब-स्टशेशनबाट भुक्तपुरसम्म विद्युत् लाइन पुर्याउने योजना छ।
यसैसँग जोड्ने गरी काठमाडौंको पश्चिमी चोभारसम्म लाइन बनिसकेको छ। अर्कातिर प्राधिकरणले ललितपुरको चापागाउँ हुदै भक्तपुरसम्म यसलाई जोडेर लैजाने योजना बनाएको छ।
यो सब–स्टेशन बनाउन विद्युत प्राधिकरणले ग्लोबल टेण्डर गरेको थियो। यसका लागि एसियाली विकास बैंकले तीन अर्ब रुपैयाँ सहयोग गरेको छ।
45
Shares
प्रतिक्रिया