राजनीति


नयाँ पार्टी गठनपछि माधव नेपाल पहिलोपटक पोखरामा, केपी ओलीलाई जस्तै स्वागत

नयाँ पार्टी गठनपछि माधव नेपाल पहिलोपटक पोखरामा, केपी ओलीलाई जस्तै स्वागत

शनिबार पोखरामा कार्यकर्तासँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।


वाशुदेव मिश्र
असोज २, २०७८ शनिबार २१:२४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार पोखरा आएका छन्। एमाले विभाजन गरी नयाँ पार्टी गठन गरेपछि नेपाल पहिलोपटक पोखरा आएका हुन्।

एमाले हुँदा नै आफ्नो पकड कम रहेको कास्कीमा उनले आइतबार  ‘लोकतन्त्र र संविधान रक्षाको लागि पार्टीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्नेछन्। यसैगरी उनले नेकपा समाजवादीको पार्टी कार्यालय उद्घाटनसमेत गर्ने प्रचार विभाग कास्कीका प्रमुख पूर्ण लामाले जानकारी दिए। 

शनिबार पोखरा आउँदा नेपाललाई एमाले अध्यक्ष केपी ओलीलाई झैँ पार्टी कार्यकर्ताले विमानस्थलमै स्वागत गरेका थिए भने विमानस्थलदेखि उनलाई लेकसाइडको होटल बाराहीसम्म मोटरसाइकल र्यालीसहित पुर्याइयो। 

​कार्यकर्ता भेलालाई प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, सांसद किसान श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .