राजनीति


कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि मतदान नै रोकियो

कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि मतदान नै रोकियो

महाधिवेशनमा मतदान गर्दै एकजना प्रतिनिधि। तस्बिर : विक्रम राई/नेपालखबर


उजिर कार्की
मंसिर २७, २०७८ सोमबार १६:५७, काठमाडौँ

नेपाली कांग्रेसको जारी चौधौँ महाधिवेशन अन्तर्गत सोमबार बिहानदेखि जारी मतदान मतपत्र सकिएपछि रोकिएको छ।

सभापति पदमा दिउँसो सवा ३ बजेसम्म १५ सय बढी मत खसेको थियो। यस्तो अवस्थामा केही बेरअघि मतपत्र नै सकिएपछि मतदान रोकिएको हो।

मतपत्र सकिएकाले सभापतिसहित सबै पदको मतदान रोकिएको जानकारी निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले नेपालखबरलाई दिएका छन्। 

उनका अनुसार प्रेसमा छापिएर तयार भइसकेको मतपत्र अहिले आउने क्रममा छ। 'प्रेसमा मतपत्र तयार भइसकेको छ', उनले भने, 'आउने क्रममा रहेकाले केही बेरपछि मतदान अघि बढ्नेछ।'

कांग्रेसको नयाँ नेतृत्वका लागि नेता कुलबहादुर गुरुङले बिहान ११ बजेर २३ मिनेटमा पहिलो मतदान गरेका थिए। 

कागजको मतपत्र भएकाले २९ वटा मतपत्रमा मतदान गर्न एकजना महाधिवेशन प्रतिनिधिलाई झण्डै एक घण्टा लाग्ने गरेको छ।

निवर्तमान सभापति शेबहादुर देउवाले सबै पदमा मतदान गर्न करिब एक घण्टा समय खर्चिएका थिए। निवर्तमान महामन्त्री पूर्णबहादुर खड्काले आफूलाई ५० मिनेट समय मतदानमा लागेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .