राजनीति


८७ वटा पानी ट्यांकीमा कांग्रेसको भोट, ८४ वटा सानेपा लगियो

सभापतिका तीनवटा मतपेटिका राष्ट्रियसभा गृहमै
८७ वटा पानी ट्यांकीमा कांग्रेसको भोट, ८४ वटा सानेपा लगियो

राष्ट्रियसभा गृहमा सभापति पदका लागि प्रयोग मतपेटिका सुरक्षा गर्दै प्रहरी। तस्बिर : विक्रम राई/नेपालखबर


उजिर कार्की
मंसिर २८, २०७८ मंगलबार १:२२, काठमाडौँ

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनका क्रममा ८७ वटा पानी ट्यांकीमा भोट खसेको छ।

विभिन्न २९ वटा मतपत्रमार्फत ४७ सय ४३ मतदातामध्ये ४७ सय ७९ जनाले आफ्नो मत व्यक्त गरेका छन्। 

सभापतिमा लागि मतदान गरिएका तीनवटा पानी ट्यांकी राष्ट्रिय सभागृहमै राखिएको छ

अन्य ८४ वटा मतपत्रसहितका पानी ट्यांकी कडा प्रहरी सुरक्षाबीच कांग्रेसको सानेपास्थित मुख्यालयमा लगिएको छ।

सभापतिका लागि खसेको मत राष्ट्रियसभा गृहमै गन्ने तयारी भएको छ। सभापतिको मत गन्दा पहिलो चरणमै पाँचमध्ये कुनै उम्मेदवारले ५१ प्रतिशत ल्याए विजयी हुनेछन्। 

तर त्यसो नभएमा भोलि मंगलबार फेरि सभापतिका शीर्ष दुई प्रतिस्पर्धीबीच मतदान गरेपछि अन्य पदाधिकारीको पनि मत गनिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .