राजनीति


कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

फाइल फोटो


उजिर कार्की
पुस १, २०७८ बिहिबार ०:३१, काठमाडौँ

नेपाली कांग्रेसको दुई उपसभापति पदमा संस्थापन शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका धनराज गुरुङ विजयी भएका छन्।

पार्टी मुख्यालय सानेपामा भएको मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा खड्का र गुरुङ विजयी भएका हुन्।

कांग्रेसको निर्वाचन समितिका अनुसार खड्काले २१२१ मत ल्याउन सफल भए। धनराजले १९०८ मत ल्याएर विजयी भए। 

उपसभापतिमा विजयी खड्का हाल महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए। 

गुरुङले गच्छदारलाई अन्तिममा २ मतको झिनो मतले उछिन्दै उपसभापति पद पक्का गरेका हुन्। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत ल्याए। 

गुरुङले मतगणनाको सुरुमा अग्रता लिन सफल भएका थिए। तर गणना मध्यमा पुगेपछि गच्छदार अघि बढेका थिए। यस्तोमा अन्तिम अवस्थामा गुरुङले बाजी मारेका हुन्।

उपसभापतिको दौडमा गच्छदार तेस्रो हुँदा शेखर प्यानलका चन्द्र भण्डारी चौथो भएका छन्। उनले १५८० मत ल्याए। 

उपसभापतिमा मिश्रित परिणाम आएपछि महामन्त्रीमा पनि यस्तै हुन सक्ने आँकलन गरिएको छ। 

उपसभापति पदको अन्तिम मतपरिणाम

पूर्णबहादुर खड्का- २१२१ (विजयी) 

धनराज गुरुङ - १९०८ (विजयी)

विजयकुमार गच्छदार - १९०६

चन्द्र भण्डारी - १५८०

सुजाता काेइराला- ६४४

महेश आचार्य - ५८९

दिव्यश्वरी शाह - १३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .