राजनीति


बुटवल र पाल्पाबाट २४ जना बन्दकर्ता पक्राउ

बुटवल र पाल्पाबाट २४ जना बन्दकर्ता पक्राउ

सुदीप भण्डारी
फागुन १६, २०७८ सोमबार १५:२५, काठमाडौँ

बुटवलमा १७ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै सडकमा उत्रिएका उनीहरुलाई बसपार्क र अस्पताललाइनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। 

पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, दर्शन गुरुङ, नेकपा मसालका नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका बासुदेव पोख्रेल, लाल प्रसाद पोख्रेल, नेकपाका बुटवल नगर सेक्रेटरी वीरेन्द्र वि क, नेताहरु खोमा तरामु, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दु वली, पारस राहादी, खगेन्द्र पौडेल, सरिता बराहा, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानुका बराहा, माधव न्यौपाने, साया सापकोटा, अशोक सुनार, शेर बहादुर महर्जन, वसन्ती रेग्मी लगायत रहेको संयुक्त मोर्चाले जनाएको छ। 

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

यस्तै, पाल्पाबाट ७ जना बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ। 

सदरमुकाम तानसेनको आन्दोलन चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी लीला श्रेष्ठ, विप्लव समूहका जिल्ला सेक्रेटरी भुवन जिसी, सुदीप विक, वेदप्रसाद विक, लंक राना रहेको पाल्पाका प्रहरी प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .