राजनीति


साधारण तारेखमा बस्न पाँउ भन्दै महरा उच्च अदालतमा, शुक्रबार पेशी

साधारण तारेखमा बस्न पाँउ भन्दै महरा उच्च अदालतमा, शुक्रबार पेशी

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १४:१,

आफ्नै सचिवालयकी कर्मचारीलाई करणी उद्दाेग गरेकाे आराेपमा पूर्पक्षका लागि सदरखाेर डिल्लीबजारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले साधारण तारेखमा बस्न पाँउ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन्। उनकाे मुद्दाकाे पेशी शुक्रबारलाई ताेकिएकाे छ।

उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले मुलिकी फाैजदारी कार्यविधी संहिता २०७४ काे दफा ७३ अनुसार निवेदन दर्ता भएकाे नेपालखबरलाई बताए।

'महराकाे सरकाे मुद्दा भाेली पेश हुन्छ। सुरू आदेश बदर गरि साधारण तारेखकाे माग राख्दै निवेदन दर्ता भएकाे हाे,' दाहालले भने 'अदालतले कैफियत प्रतिवेदन मगाएर अध्ययनपछि मुद्दा अघि बढछ। दुईमहिनासम्म समय लाग्न सक्छ अन्तिम आदेश हुन।'

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो।

महरालाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हाे। अहिले उनी डिल्लीबजारमा कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .