राजनीति


३२ जना एसएसपीले लगाए फूली

३२ जना एसएसपीले लगाए फूली

नेपालखबर
साउन ४, २०७९ बुधबार २०:३१, काठमाडौँ

हालै पदोन्नती भएका ३२ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) ले दर्ज्यानी चिह्न लगाएका छन्। 

प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले ३२ एसएसपीसहित ३७ जना प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहबीच महानिरीक्षक सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा सूचना प्राविधिकतर्फको प्राविधिक प्रहरी नायव महानिरीक्षक इ. अरूण कुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. सुरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिन कुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसी रहेका छन्।

साथै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरवेदी, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर विक, ओम बहादुर राना, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दिल्ली राज विष्ट, मनोज कुमार यादव, रेवती ढकाल, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, संजिव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .