राजनीति


कांग्रेसका नेता गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : खाण

कांग्रेसका नेता गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : खाण

नेपालखबर
भदौ २५, २०७९ शनिबार १७:१५, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले नेपाली का‌ग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्।

खाणले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन्।

नेपाली कांग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र  दायित्व दुवै भएको स्पष्ट पारे।

‘आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन,’ उनले भने, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन। तपाईंहरुलाई जे हो, त्यही भनिदिनु पर्दछ।’

‘हामी गठबन्धनमा आबद्ध छौँ। गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक धर्म र दायित्व हो,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .