राजनीति


टिकट नपाएकै कारण एमाले छााडेका योगेन्द्र शाहीलाई माओवादीले टिकट दिने

टिकट नपाएकै कारण एमाले छााडेका योगेन्द्र शाहीलाई माओवादीले टिकट दिने

दिनेश बुढा
असोज २३, २०७९ आइतबार ११:३, सुर्खेत

टिकट नपाएकै कारण नेकपा एमाले छाडेका नेता योगेन्द्र शाहीलाई माओवादी केन्द्रले टिकट दिने भएको छ। 

टिकट पाउने भएपछि शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २  ‘ख’ बाट चुनाव लड्ने भएका छन्। 

युवामाझ लोकप्रिय र बौद्धिक नेताका रूपमा परिचित शाहीलाई नेकपा एमालेमा रहँदा एमालेका नेताहरूले जहिले पनि किनारामा पार्ने गरेका थिए। 

एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यसम्म बन्न नदिएका एमाले नेताहरूको ‘सेखी झार्न’ र युवाहरूको पहिचान स्थापित गराउन नेता शाही आज माओवादी केन्द्रमा प्रवेश गर्दै उक्त क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको स्रोतको दाबी छ। 

‘उहाँले टिकट पाइसक्नु भएको छ’, माओवादी उच्च स्रोतले नेपालखबरसँग भन्यो,  ‘उहाँले अब उक्त क्षेत्रमा नेकपा माओवादीको बागडोर सम्हाल्नुहुनेछ।’ 

यसअघि गठबन्धनको भागबन्डाका आधारमा उक्त निर्वाचन क्षेत्र  माओवादी केन्द्रको भागमा परेको थियो। जसमा माओवादी केन्द्र बाट टिकट पाएका उपेन्द्रकुमार रातव भने ‘ब्याक’ हुने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .