राजनीति


एमाले केपी ओली प्रालिमा परिणत भइसक्यो : विद्वान गुरुङ

एमाले केपी ओली प्रालिमा परिणत भइसक्यो : विद्वान गुरुङ

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १७:४४, काठमाडौँ

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेकपा एमा केपी ओलि प्राइभेट लिमिटेडमा परिणत भइसकेको बताएका छन्। 

अध्यक्ष गुरुङले  नेतृत्वको गलत कार्यविरुद्ध बोल्दा भीम रावल र घनश्याम भुसाल जस्ता नेताहरुलाई बञ्चित गर्ने  ओलीले तीन करोड जनताको भावना समेट्न नसक्ने तर्क गरे। 

निरंकुशतन्त्र लाद्ने ओलीले पटक पटक संसद विघटन गर्दै महाराज बन्ने सपनामा देशलाई अनिर्णयको बन्दी बनाएको आरोप अध्यक्ष गुरुङले लगाए। 

उनले अर्कातिर पर्वतको प्रतिनिधिका रुपमा निर्वाचित भएका पदम गिरीले सांसद भएपछि चर्का भाषण गरे पनि  गाउँमा सिन्को नभाँचेको बताए। 

अब पर्वतको विकासका लागि वाम लोकतान्त्रिक गठवन्धनलाई बहुमतले जिताउनु पर्ने आवश्यकता रहेको उनले बताए। 

गुरुङले पार्टीमा केही असन्तुष्टि रहे पनि यो पटक वाम लोकतान्त्रिक गठबन्धनलाई  जिताएर इतिहास रच्न आग्रह गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .