राजनीति


दुर्घटना न्युनिकरणबारे सुझाव दिन संसदीय उपसमिति गठन

दुर्घटना न्युनिकरणबारे सुझाव दिन संसदीय उपसमिति गठन

नेपालखबर
पुस ४, २०७६ शुक्रबार १३:४८,

बढ्दो सवारी दुर्घटना न्युनिकरणको उपाय खोज्न संसदीय उप समिति गठन भएको छ। संसदको विकास तथा प्रविधि समितिले सांसद गणेश पहाडीको संयोजकत्वमा उप समिति गठन गरेको हो।

समितिमा सांसदहरु दुर्गा पौडेल, यज्ञराज सुनुवार, गौरी शंकर चौधरी र रंगमति शाही सदस्य छन्। समितिलाई दुर्घटनाका कारण तथा न्युनिकरणका उपाय खोजेर २ महिनाभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७५÷०७६ मा सडक दुर्घटनाको संख्या १३ हजार ३ सय ६६ रहेकोमा दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ। त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .