ad ad

राजनीति


राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

नेपालखबर
पुस ६, २०७९ बुधबार १८:५८, काठमाडौँ

नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। 

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ। एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .