नेकपा एमाले कर्णाली प्रदेशका नेताहरु बालकोटमा पुगेका छन्। प्रदेशको मुख्यमन्त्री यामलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै बिहीबार नेताहरू बालकोट पुगेका हुन्।
कर्णालीका नेताहरू कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका हुन्। बालकोटमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व कुनै पनि हालतमा नछोड्ने डेलिगेसन छ।
यस्तै, बालबोटमै सहभागी एक एमाले नेतृले सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालले पाउनपर्ने माग रहेको बताइन्।
उनका अुनसार अबको केही समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट हुनेछ।
1.0k
Shares
प्रतिक्रिया