राजनीति


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने देउवाको संकेत, भने : साथीहरुसँग सल्लाह गर्छु

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने देउवाको संकेत, भने : साथीहरुसँग सल्लाह गर्छु

नेपालखबर
पुस २५, २०७९ सोमबार २१:३, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेको छ। 

भोलि विहान बस्ने पदाधिकारी बैठकले यसबारे निर्णय गर्ने सभापति शेरबहादुर देउवाको भनाई उदृत गर्दै कांग्रेसका एक पदाधिकारीले बताए।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न देउवा निवास धुम्बाराही पुगेका थिए। उनले सभापति देउवासँग विश्वासको मत दिन आग्रह गरे। 

जवाफमा देउवाले भोलि विहान संसदीय दलको बैठक बसेर यसबारेमा निर्णय गर्ने जवाफ दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

‘प्रचन्डले विश्वासको मत दिनुस्, सबैलाई मिलाएर जान्छु भनेर आग्रह गर्नुभो’ महतले भने, ‘सभापतिले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो। भोलि बिहान ९ बजे हाम्रो मिटिङ बस्छ। मिटिङले यसबारे निर्णय गर्छ।’

सभापतिले भोलिको बैठकबाट विश्वासको मत दिने निर्णय गराउन सक्ने उनीनिकट स्रोतले बतायो। 

‘कसैले दिनु पर्छ भनेका छन्, कसैले दिनु हुन्न भनेका छन्’ कांग्रेसका एक पदाधिकारीले भने, ‘भोलि सम्बन्धका लागि पनि दिएर जान सकिन्छ भन्ने छ। हेरौं भोलि दल र पदाधिकारी बैठकले यसबारे निर्णय गर्छ।’

कांग्रेस संसदीय दलको बैठक अघि पदाधिकारी बैठक बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .