राजनीति


कर्णालीमा आधा-आधा कार्यकाल सरकार चलाउने एमाले-माओवादी सहमति

माओवादीका शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्दै
कर्णालीमा आधा-आधा कार्यकाल सरकार चलाउने एमाले-माओवादी सहमति

फइल तस्बिर


दिनेश बुढा
पुस २७, २०७९ बुधबार १५:५३, सुर्खेत

कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आधा-आधा सरकार चलाउने सहमति भएको छ। 

बिहीबार दिउँसो बसेको एमाले-माओवादी दलको बैठकले आधा-आधा कार्याकाल सरकार चलाउने सहमति भएको हो। 

एमाले एक सांसदले नेपालखबरसँग भने, 'दुई दलबीचको बैठक भर्खरै सकिएको छ। दुई दलबीच आधा(आधा कार्याकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।'

अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए। 

'मुख्यमन्त्रीका लागि माओवादी दलका नेता राजकुमार शर्मा ४ बजे दाबी पेशका लागि प्रदेश प्रमुखको कार्यालयमा जाँदै हुनुहुन्छ', उनले भने। 

अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो।

केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो। त्यसले कर्णाली एमालेभित्र हलचल मच्चिएको थियो।

केन्द्रको निर्णयले पाँच वर्ष सरकार माओवादीले नै चलाउने भएपछि एमालेमा असन्तुष्टि थियो। तर दुई दलबीच बिहीबारको वार्तापछि अब आधा आधा कार्यकाल नेतृत्व हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .