राजनीति


गृहमन्त्रीको स्पष्टीकरण : कोही भाग्न पाउँदैनन्, अपराधीलाई समात्छौँ, परिणाम आउन समय लाग्छ

गृहमन्त्रीको स्पष्टीकरण : कोही भाग्न पाउँदैनन्, अपराधीलाई समात्छौँ, परिणाम आउन समय लाग्छ

संसद बैठकका क्रममा गृहमन्त्री रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १८:१८, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरीह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन्। 

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

लामिछानेले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएकाले नसमातेको बताए।

 उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने पनि बताए। 

‘नदेख्ने भन्ने कुरा नै हुँदैन। तर सभामुखबाट रुलिङ हुनुपर्छ। मैले भनिसकेको छु। राज्यका निकायहरुलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ', उनले भने, 'हेर्दै जानुहोला, नतिजा आउनेछ। गलत काम गरेका मानिसहरु
कोही बाँकी रहँदैन। केही समय लुक्ने-भाग्ने होला तर हामी समातेरै छोड्छौँ।’

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे।

श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको विरोध भएको थियो। उनले संलग्न भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .