राजनीति


प्रधानमन्त्रीसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट

नेपालखबर
माघ ६, २०७९ शुक्रबार २०:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो।

यूएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .