राजनीति


नागरिकता लिएसँगै रास्वपाको सभापतिमा फर्किए रवि

नागरिकता लिएसँगै रास्वपाको सभापतिमा फर्किए रवि

तस्बिर : दीपक बोहरा/फेसबुक


नेपालखबर
माघ १५, २०७९ आइतबार १७:७, काठमाडौँ

नेपाली नागरिकता पुनर्प्राप्त गरेसँगै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको जिम्मेवारी लिएका छन्। 

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अनागरिक ठहर गरेसँगै रविले दलीयदेखि संसदीय भूमिका पनि गुमाएका थिए।

अनागरिक ठहर हुँदा उनले रास्वपा सभापति पद पनि गुमाएका थिए। तर आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन:प्राप्त गरेसँगै लामिछाने रास्वपा सभापतिमा फर्किएका हुन्। 

यस्तोमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले रविलाई पार्टी सभापतिमै फर्काएको हो।

यसअघि शनिबार रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्यालले लिएका थिए। तर नागरिकता लिएलगत्तै बैठक राखेर रविले पार्टी कमान्ड आफ्नै हातमा ल्याएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .