राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आइपुगेकी छन्। उनी आइतबार साँझ नेपाल आइपुगेकी हुन्।
दुई दिने नेपाल भ्रमणमा नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राईसहित अन्य भेटघाट गर्नेछिन्।
‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ,’ काठमाडौँस्थित अमेरिकी दूतावासले भनेको छ, ‘साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ।’
नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्नेछिन्।
69
Shares
प्रतिक्रिया