राजनीति


२–४ जना मान्छे देखेर ज्ञानेन्द्र शाह जोस्सिए, आफैं अलमलमा छन् : केपी ओली

२–४ जना मान्छे देखेर ज्ञानेन्द्र शाह जोस्सिए, आफैं अलमलमा छन् : केपी ओली

तस्बिर : ध्रुब भट्टराई/नेपालखबर


नेपालखबर
फागुन ७, २०७९ आइतबार १३:१७, विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह २/४ जना मान्छे वरिपरि देखेपछि जोस्सिएको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफैं अलमलमा रहेको बताए। 

‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि त्यो पुरानो झल्को आइरन्छ,’ ओलीले भने, छत्यो झल्कोले २–४ जना मान्छे वरिपरि देख्यो भने अलिअलि जोस्याउँछ अरु केही होइन्।’

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए।

सो बारेमा आलोचना बढेको भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘पानीले आफ्नो लेभल आफैं मिलाउने’ भन्दै घुमाउरो जवाफ दिए। 

‘पार्टीले चलाएको देख्नुभयो त्यो प्रोगाम। केन्द्रीय सदस्य त हुनसक्ने भयो’, ओलीले भने, ‘कारबाहीको किन चिन्ता भयो। किन रमाइलो मान्नुहुन्छ? पानीले आफ्नो लेभल आफैं मिलाउँछ, मिलाउदै हिँड्न पर्दैन।’

उनले पूर्वराजा ज्ञानेन्द्र आफैं राजनीतिमा हिँडिरहेको भन्दै धेरै कुरा गर्न आवश्यक नभएको पनि टिप्पणी गरे। 

‘अहिलेभन्दा १५ वर्षभन्दा अघि २४० वर्ष उहाँले नै चलाएको हो। के गर्नुभएको थियो र?’, उनले भने, ‘ज्ञानेन्द्रजी आएर पोलिटिक्समा हिँडिरख्नुभएको छ। दियो बाल्नुभयो केरे मेचीमा गएर, भएकै छ त।’

अहिलेको सत्ता गठबन्धन आफूहरुले सोचेर बनाएको भन्दै सोचेरै अघि बढ्ने पनि ओलीले बताए। ‘हामीले सोचिसम्झिकन यो समीकरण बनाएका हौं। सोचरै चलाउँछौं।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .