ad ad

राजनीति


गगन थापाको सुझाव– एउटा संस्थाबाट मात्र ऋण लिन पाउने प्रावधान थपेर निर्देशिका जारी होस्

गगन थापाको सुझाव– एउटा संस्थाबाट मात्र ऋण लिन पाउने प्रावधान थपेर निर्देशिका जारी होस्

नेपालखबर
फागुन १०, २०७९ बुधबार १३:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले लघुवित्त संस्थाहरूमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले लघुवित्त संस्थाको कारण गरिबहरू उठ्नै नसक्नेगरी थला परेको सदनलाई जानकारी गराए। 

‘अति न्युन आय भएका गरिबको आहालबाट निकाल्नका लागि काम होला भनेको कयैंन लघुवित्त संस्थाको कारण गरिबहरु थला पर्न नसक्नेगरिकन थला पर्न बाध्य भएका छन्,’ सांसद थापाले भने।

साथै, लुघुवित्तको संकट देखा पर्नुका कारणहरुको बारेमा समेत संसदमा चर्चा गरे। 

‘अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जस्तो भएपनि ऋण लिने ग्राहकहरु, अनुमति दिनेगर्दा हात फैलाउने तर सुपरिवेक्षण गर्दैगर्दा मुट्ठि कस्ने राष्ट्र बैंक। यही कारणले लघुवित्तको संकट देखिएको छ,’ थापाले भने।

एउटा ऋणीले एउटा संस्थाबाट मात्रै ऋण लिन मिल्ने प्रावधान थपेर निर्देशिका जारी गर्न राष्ट्र बैंकलाई उनले आग्रह गरेका छन्। 

‘साँच्चिकै मर्कामा परेकाहरुका निम्ति राहतका लागि चाहे सिएआर फन्ड प्रयोग गर्ने र बदनियतका साथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्ने र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिने कामलाई प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी काम गर्ने।’ उनले संसद बैठकमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .