राजनीति


कृषि मन्त्रालय भन्छ : सरकारले विषादी जाँचको मापदण्डबारे तयारी गरिरहेको छ

कृषि मन्त्रालय भन्छ : सरकारले विषादी जाँचको मापदण्डबारे तयारी गरिरहेको छ

फाइल फोटाे


नेपालखबर
फागुन १७, २०७९ बुधबार २२:११, काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य पदार्थमा विषादीको अधिकतम सीमा जाँचको मापदण्ड तयारी भइरहेको जनाएको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै सो मापदण्ड मन्त्रिपरिषदमा पुगेको र अहिले प्रक्रियामा रहेको जानकारी दिएको हो। 

मन्त्रालयले भनेको छ, ‘खाद्य पदार्थको गुणस्तर सम्वन्धमा खाद्य ऐन, २०२३ को दफा ७ बमोजिम विभिन्न तरकारीका ६ समूह र १५ उपसमूह एवं फलफूलका ४ समूह र १० उपसमूहको जीवनाशक विषादीको अधिकतम सीमाका सम्बन्धमा मापदण्ड निर्धारण गर्ने तयार भएको छ।’

गत असारमा सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा गएको थियो। मन्त्रिपरिषद्को मंसिर ११ गतेको निर्णयानुसार उक्त प्रस्ताव आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिमा विचाराधिन रहेको थियो। 

अहिले नयाँ सरकार गठन भएपछि विचाराधिन रहेका सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को गत पुस ११ निर्णयअनुसार उक्त प्रस्ताव समेत स्वतः फिर्ता भएको मन्त्रालयले जनाएको छ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन भइसकेको र सो निर्देशन अनुरुप मन्त्रालयले नयाँ प्रस्ताव तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .