राजनीति


राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रम बनाउन रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन

राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रम बनाउन रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन

नेपालखबर
फागुन १८, २०७९ बिहिबार २०:३६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ। 

राप्रपा केन्द्रीय निर्देशन समितिको बैठक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बिहीबार बसेको बैठकले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाई २ महिनाभित्र पेस गर्न वरिष्ठ उपाध्यक्ष मिश्रको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यमा राप्रपाका उपाध्यक्षद्वय हेमजंग गुरुङ उद्धव पौडेल छन्। 

यस्तै बैठकले आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाका समस्या समाधानबारे आवश्यक छानबिन गर्न केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ। यस सम्बन्धमा आवश्यक सुझाव १५ दिनभित्र पेस गर्न भनिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .