ad ad

राजनीति


आठदलीय गठबन्धनविरुद्ध लिङ्देनको आक्रोश– संविधान फेरिन्छ र फ्याँकिन्छ पनि

आठदलीय गठबन्धनविरुद्ध लिङ्देनको आक्रोश– संविधान फेरिन्छ र फ्याँकिन्छ पनि

फाइल फाेटाे : राजेन्द्र लिङ्देन


नेपालखबर
फागुन २०, २०७९ शनिबार १०:२, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि एकजुट भएका आठ दलको गठबन्धन संविधान रक्षाका लागि बनेको भन्ने भनाइप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रोश व्यक्त गरेका छन्। 

नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धन बनेको छ। यसका नेताहरूले संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँताइएको बताइरहेका छन्।  

आठ दलीय गठबन्धन बनेपछि सत्ताबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाका अध्यक्ष लिङ्देनले दलहरूले संविधान होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्ने टिप्पणी गरेका हुन्। 

संविधान कुनै धर्मशास्त्रजस्तो अपरिवर्तनीय नभएर आवश्यकताअनुसार फेर्न र फ्याँक्नसमेत सकिने तर्क गर्दै अध्यक्ष लिङ्देनले दलहरूले उल्टो काम गरिरहेको आरोप पनि लगाएका छन्।  

‘संविधान गीता, बाइबल, कुरानजस्तो अपरिवर्तनीय हुँदैन, आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि’, शनिबार बिहानमा सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले भनेका छन्, ‘दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ, सन्दर्भ- संविधानको रक्षाका लागि गठबन्धन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .