राजनीति


तीन दलले बहिष्कार गरे माओवादी धारको संयुक्त कार्यक्रम

तीन दलले बहिष्कार गरे माओवादी धारको संयुक्त कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १६:१५, काठमाडौँ

द्वन्द्वकालीन मुद्दालाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि राजनीति तरंगित भएको छ।

खासगरी १० वर्षे जनयुद्धमा सहभागी तत्कालीन माओवादी धारका नेताहरुमा आक्रोश देखिएको छ।

प्रचण्डले आफूविरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्चमा लगिएपछि माओवादी धारका पार्टीहरुलाई यसअघि नै बालुवाटारमा जुटाइसकेका थिए।

दुई पटकसम्म माओवादी धारका नेताहरु बालुवाटारमा बसिसकेपछि आइतवार एक संयुक्त वक्तव्य निकाल्न पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो।

तर माओवादी धारका आठ दलमा चाँडै विभाजन देखिएको छ। यसअघि भएको सहमतिविपरीतको वक्त्व्य निकाल्ने तयारी भएपछि माओवादी धारमा तीन दल आइतवारको पत्रकार सम्मेलनमै गएनन्। 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आइतवारको संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरे। 

वैद्यले यसअघि बसेको बैठकमा पनि आफू नगएर अन्य नेतालाई पठाउने गरेका थिए। तर आइतवार वैद्यले अरु नेतालाई पनि पठाएनन्। 

त्यसैगरी नेकपा बहुमतले पनि यो कार्यक्रम बहिष्कार गरेको छ। यसअघिका कार्यक्रमा सहभागी भइरहेका बहुमतका अध्यक्ष धर्मेन्द्र बाँस्तोला पनि आइतवारको संयुक्त पत्रकार सम्मेलनमा गएनन्।

त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट छुट्टिएर नेकपा माओवादी गठन गरेका गोपाल किराती पनि आइतवारको पत्रकार सम्मेलनमा सहभागी भएनन्। उनले अन्य प्रतिनिधि पनि कार्यक्रममा पठाएनन्। 

'पहिलेको सहमतिभन्दा फरक प्रस्ताव आएको थियो', वैद्यनिकट एक नेताले भने, 'अस्तिको बैठकको सहमतिभन्दा फरक सहमति बनाएछि बहिष्कार गरेका हौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .