राजनीति


हामी फेरि द्वन्द्व चाहँदैनौँ, तर त्यसतर्फ धकेल्न खोजिँदैछ : महरा

हामी फेरि द्वन्द्व चाहँदैनौँ, तर त्यसतर्फ धकेल्न खोजिँदैछ : महरा

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १७:५९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्ने बताएका छन्। 

आइतवार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले बृहत् शान्ति सम्झौता गर्दा आफूहरुले राज्यको अग्रगामी पुनःसंरचना गर्ने मान्यता आफूहरुको रहेको भन्दै आजसम्म पुनःसंरचना हुन नसकेको बताए। 

उनले देश प्रतिगमनको दिशामा अगाडी बढिरहेको बताए। आफूहरुले शान्ति चाहेको र शान्तिबाट विचलित नहुने भन्दै राज्यको अग्रगामी पुनःसंरचना भने आवश्यक रहेको बताए। 

उनले वर्गीय, क्षेत्रीय, लिङ्गीय भेदभाव मेटिनेगरी राज्यको पुनःसंरचना नहुँदासम्म द्वन्द्व निम्तिइरहने बताए।

उनले आफूहरुले द्वन्द नचाहेको र शान्तिपूर्ण रुपमा राज्यको पुनःसंरचना होस् भन्ने चाहेको उल्लेख गरे।

‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा एउटा प्रतिवद्धता गरेका थियौँ, शान्ति प्रक्रियामा हामी सहभागी हुने। शान्ति प्रक्रियासँग हामी प्रतिवद्ध हुने। तर राज्यको पुनःसंरचना हुनुपर्छ भन्ने मान्यता थियो', उनले भने, 'तर अहिले के देखिइराखेको छ भन्दाखेरी राज्यको पुनःसंरचना होइन, प्रतिगमनको दिशामा अगाडी बढिराखेको छ । वास्तवमा यो लडाइँ अग्रगमन र पश्चगमनको लडाइँ हो। फेरि मुलुकलाई पछाडि धकेल्ने कि अगाडी बढाउने भन्ने लडाइँ हो। कुनै मुद्दाको विषय होइन। मुद्दा एउटा प्रसंग हो। तर यो प्रसंगसँग सम्बन्धित वास्तवमा राज्यलाई अगाडि बढाउने कि, राज्यलाई पछि धकेल्ने भन्ने विषयसँग सम्बन्धित छ।'

उनले आफूहरु शान्ति चाहने बताउँदै त्यसबाट विचलित नभएको पनि उल्लेख गरे

'राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्दछ। जनताका तमाम समस्या छन्। वर्गीय, क्षेत्रीय, लिङ्गीय भेदभाव छन्, यी भेदभाव मेटिने किसिमले राज्यको पुनःसंरचना नहुने हो भने यो द्वन्द निम्तिरहने छ। हामी द्वन्द निम्त्याउन चाहदैनौँ', उनले भने, 'हामी शान्तिपूर्ण तरिकाले राज्यको पुनःसंरचना होस्। जनताका समस्या सम्बोधन हुन् भन्ने चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .