ad ad

राजनीति


किशुनजी आश्रम पुगेर मन्त्री खड्काले भने– १९ मन्त्रालयबाट रक्षा रोजेँ

किशुनजी आश्रम पुगेर मन्त्री खड्काले भने– १९ मन्त्रालयबाट रक्षा रोजेँ

नेपालखबर
चैत १८, २०७९ शनिबार ११:३४, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू र अर्थमन्त्री समेत रहेका अर्थमन्त्री डा प्रकाशहरण महतबीच कुनै असहमति नभएको बताएका छन्।

शनिबार ललितपुरको बाडेगाउँस्थित किशुनजीको आश्रम पुगेका उनले मन्त्रालय छनोटको विषयमा कुनै असहमति नभएको बताएका हुन्।बाहिर सुनिएजस्तो महतलाई अर्थमन्त्री बनाउने विषयमा आफ्नो कुनै विमति नरहेको उनले बताए।

उनले भने, 'अर्थमन्त्रालय सभापतिले निर्णय गर्नुभयो। मेरो समेत सहमतिमा, प्रकाशजी,  मेरो र सभापतिबीचमा विपति छैन।'

उनले अर्थ र गृहको टुंगो लागेपछि आफूलाई सभापति शेरबहादुर देउवाले १९ मन्त्रालय बाँकी रहेको र त्यसबाट छनोट गर्न प्रस्ताव गरेको उनले बताए।

'गृह र अर्थको टुंगो लगाएपछि सभापतिले १९ मन्त्रालय बाँकी छन् जुन छान्ने हो छान्नुस् भनेर त्यो रूपमा प्रस्तुत गर्नुभएको छ, १९ मन्त्रालयको अध्यययन गरेँ र ५ दिनपछि सबै दृष्टिकोणले मुलुकको राष्ट्रिय सुरक्षा र राष्ट्रिय नीतिको रणनीतिको निर्माणका लागि यो मन्त्रालय लिएँ,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .