राजनीति


रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु चुनाव गराउन कांग्रेसको माग

रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु चुनाव गराउन कांग्रेसको माग

नेपालखबर
चैत २१, २०७९ मंगलबार १२:३४, काठमाडौँ

नेपाली कांग्रेसले चितवनको रामपुर कृषि क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेर कृषि क्याम्पसमा अवैधानिक रुपमा निर्वाचन गरिएको दाबी गर्दै पुनः निर्वाचनको माग गरेको हो।  

क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत अन्य विद्यार्थी संस्थासँग समन्वय नै नगरी अमूक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी चैत १७ गते एकलौटी रुपमा मतदान गराएर निर्वाचनको नतिजा घोषणा गरेको आरोप कांग्रेसले लगाएको छ। 

पुनः निर्वाचन गराउन र दोषीलाई कारबाही माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेविसंघका कावा सभापति तथा स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई सोमबार क्याम्पस हाताभित्रै आक्रमण गरिएको थियो।

त्यसअघि निर्वाचनको नतिजा सार्वजनिक गरेको दिन चैत १७ गते स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान एकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए। घाइते तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

‘घटनाको यथार्थ छानबिन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ’, मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .