राजनीति


राजावादीले दाउ हेर्न थाले, लोकतन्त्र र संघीयता जोगाउन लडाइँको मैदानमा छु : उपेन्द्र यादव

राजावादीले दाउ हेर्न थाले, लोकतन्त्र र संघीयता जोगाउन लडाइँको मैदानमा छु : उपेन्द्र यादव

नेपालखबर
चैत २८, २०७९ मंगलबार १७:२८, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र लोकतन्त्रविरोधी शक्तिविरुद्ध आफू लडाइँको मैदानमा उत्रिएको बताएका छन्। 

बारा क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका उनले मंगलबार चुनाव प्रचार अभियानको क्रममा महागढीमाईमा आयोजित गठबन्धनको जनसभालाई सम्बोधन यसो भनेका हुन्। 

‘ऐतिहासिक जनआन्दोलन, माओवादी जनविद्रोह र मधेश विद्रोहबाट प्राप्त उपलब्धि समाप्त पर्ने खेल भइरहेकोले तिनै उपलब्धि रक्षाका लागि लडाइँको मैदानमा उभिएको हुँ,’ उनले भने। 

विभिन्न जनविद्रोहबाट प्राप्त उपलब्धिको रक्षा चुनौतीपूर्ण बनेको भन्दै अध्यक्ष यादवले जनताले परिवर्तनको पक्षमा मतदान गर्नेमा ढुक्क रहेको बताए। 

इतिहासको पिँधमा बिसर्जन भइसकेको राजतन्त्रलाई फर्काउन राजावादी र अन्यत्रबाट परिचालितहरुले संघीयता र परिवर्तनकारी शक्तिमाथि प्रहार गरेर अघि बढ्ने दाउ हेरेको उनले बताए। 

बारा क्षेत्र नं. २ का गाउँगाउँमा पुग्दा जनता गरिबी, अशिक्षा र बेरोजगारीको भुमरीमा पिल्सिएको बताउदै अध्यक्ष यादवले सिंगो मधेशको विकास र परिवर्तनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

यही अवस्थामा जनताले आर्थिक संकटबाट पार पाउन नसक्ने ठहर गर्दै कृषि क्षेत्रमा आर्थिक सवलीकरणका लागि किसानलाई खेतमा सिचाइँ र मलको उत्पादन तथा उपलब्धता यथाशीघ्र सुरू गर्नु पर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .