राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसँगै सांसद पदबाट पनि हटाउने निर्णय गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि उनलाइ बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्य समेत नरहने गरि कार्बाही गर्दै सांसद पदबाटसमेत निलम्बन गरेको हो।
बैठकले गरेका निर्णय जानकारी दिँदै सो दलका सभापति रवि लामिछानेले अब ढाकाको मुद्दा अख्तियारले हेर्ने बताए।
रास्वपाले ढाको ठाउँमा समानुपातिक सांसदमा विन्ध्यबासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।
निर्णय सुनाउने क्रममा सभापति रवि लामिछानेले ढाकाले उठाएको कोर टिमबारे केही बोलेनन्। बरू आफ्नो कोर टिम सबै नेता भएको उनले टिप्पणी गरे
Shares
प्रतिक्रिया