राजनीति


देउवाले चितवनमा भने : जीतनारायणलाई जिताएर पठाउनू, मन्त्री बनाउने जिम्मा मेरो

देउवाले चितवनमा भने : जीतनारायणलाई जिताएर पठाउनू, मन्त्री बनाउने जिम्मा मेरो

चितवनको चुनावी सभामा देउवा। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १९:१६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताएर पठाए मन्त्री बनाउने वचन दिएका छन्।

बिहीबार चितवनको कालिकानगरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा देउवाले यसो भनेका हुन्। 

'जीतनारायण श्रेष्ठ टिकट दिएन भनेर  मसँग जहिले रिसाउँथे। यसपाली टिकट दिइएको छ तर हार्न पाइन्न', उनले भने, 'जितेपछि म मन्त्री बनाउन प्रधानमन्त्री (प्रचण्ड) लाई सिफारिस गर्छु। जिताउने काम चितवनबासीको, अरु जिम्मेवारी हाम्रो।'

उनले कार्यक्रममा आएका समर्थहरुलाई घरदैलो गरेर भए पनि जीतनारायणलाई जिताउन आग्रह गरे। 'जीतनारायण मसँग रिसाएका थिए', उनले भने, 'अब हामी उनलाई मन्त्री बनाउँछौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .