राजनीति


अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति प्रदीप पौडेलको पनि विरोध

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति प्रदीप पौडेलको पनि विरोध

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार ११:१०, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि पूर्व अयोग्य लडाकुहरूलाई आर्थिक सहायता दिने सरकारी निर्णयको विराेध गरेका छन्। 

प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत संसद्‌लाई जानकारी नै नदिएर अयोग्य लडाकुहरूलाई आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्नमा आएको बताएका हुन्। जसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको र आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको टिप्पणी उनले गरेका छन्।

‘गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय भएको विषय सार्वजनिक भएको थियो। तर, संसद्लाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ’, पौडेलले लेखेका छन्, ‘यसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ।’

यसअघि नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले पनि सरकारको उक्त निर्णयप्रति विरोध जनाइसकेका छन्। 

चुलिँदै गएको आर्थिक संकटको दीर्घकालीन समाधानका लागि व्यापक छलफल र सहकार्य आवश्यक रहेको सा‌ंसद पाैडेलको भनाइ छ। 

‘अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .