राजनीति


फरार सांसद कोइरीको ‘अनुपस्थिति’ले संसदमा तनाव (तस्बिरहरू)

फरार सांसद कोइरीको ‘अनुपस्थिति’ले संसदमा तनाव (तस्बिरहरू)

सरोज बैजु
बैशाख १५, २०८० शुक्रबार १७:४९, काठमाडौँ

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको ‘अनुपस्थिति’को विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा तनाव भएको छ। जानकारी सभामुख देवराज घिमिरेले फरार रहेका सांसद कोइरी स्वास्थय उपचारका कारण संसद बैठकमा उपस्थित नभएको संसद बैठकमा गराएपछि बैठकमा तनाव सिर्जना भएको हो। 

सत्तापक्षमा रहेका सांसदहरूले सांसद कोइरीमाथिको यथार्थता बुझेर संसदमा जानकारी गराउन माग गरेका छन्। 

हत्या आरोपमा फरार रहेका सांसद कोइरीमाथि आफू गृहमन्त्री हुँदा पनि कुरा आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राजनीतिको नाममा लाजनीति’ नगर्न आग्रह गरेका छन्।

संसदमा सांसदहरूले विरोध जनाएपछि सभामुख घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .