आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल सुरू भएको छ। अर्थमन्त्री डा. रामशरण महतले आइतबार (२४ वैशाख) आगामी आर्थिक वर्षको बजेट अन्तर्गत सिद्धान्त र प्राथमिकता पेस गरेका थिए।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि सोमबारबाट औपचारिक रुपमा छलफल सुरु भएको थियो। सोमबार ६ घन्टा बढी चलेको प्रतिनिधिसभामा बोल्दै सांसदहरूले अर्थमन्त्री मतलाई विभिन्न सुझाव दिएका छन्।
आजको प्रतिनिधिसभा बैठकको सुरुमा नै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कपडा खोल्दै बोल्न पाउनुपर्ने भनेर सभामुख देवराज घिमिरेमाथि खनिएका थिए। सभामुख घिमिरेले उनलाई विधि र प्रक्रियाविपरित भएको भन्दै सचेत पनि गराएका थिए।
सभामुखको सचिवालयका अनुसार अमरेश सोमबारको संसद् बैठक अर्धनग्गन हुने योजनासहित छिरेका थिए।
सरकार भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचारीलाई जोगाउन लागेकाले त्यसविरुद्ध आकस्मिक समयमै बोल्न पाउनुपर्ने यदि नदिए संसदमै कपडा खोल्ने कारण सभामुख र सचिवालयलाई दिएका थिए।
बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सांसदहरू सहभागी भएका थिए।
छलफलमा भाग लिएका सांसदहरूले भुटानी शरणार्थी प्रकरणदेखि बजेटको आकारसम्ममा रहेर विभिन्न घोचपेच समेत गरेका थिए।
Shares
प्रतिक्रिया