राजनीति


मनिष झाको प्रश्न- विपद्‌‌मा पनि नभेट्ने तीन नेता तारन्तार किन भेटिरहेका छन्?

मनिष झाको प्रश्न- विपद्‌‌मा पनि नभेट्ने तीन नेता तारन्तार किन भेटिरहेका छन्?

नेपालखबर
जेठ १, २०८० सोमबार १३:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले नै नक्कली शरणार्थी प्रकरणमा जोडिएकालाई बचाउन सहयोग गरिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संदिग्धको नाम किस्ता-किस्तामा आइरहेको र उनीहरूलाई लुक्ने, प्रमाण नष्ट गर्ने, समाचार सुल्झाउने र अन्त्यमा योजनावद्ध सार्वजनिक हुने मौका दिइरहेको बताए।

'इएन्सटलमेन्टमा संदिग्धको नाम आउँछ। मोबाइल फर्म्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने, योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइरहेका छन्, केही फरार पनि हुँदै छन् भन्ने सुनिन्छ त्यस्तो किन हुन्छ?' उनले प्रश्न गरे।

उनले सत्तारुढ र प्रतिपक्ष दलका शीर्ष तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बाक्लिएको भेटमा पनि आशंका व्यक्त गरे।

'तीन दलका शीर्ष नेताहरू पटकपटक भेटिरहेको समाचार हामी सुन्छौँ,' उनले भने, 'देशमा केही आपत् परेको बेलामा, बाढी पहिरो भूकम्प र अन्तर्राष्ट्रिय जगतसँग सम्बन्धित विपद् परेको बेला नेताहरू तारन्तार भेटिरहेको सुन्दैन थियौँ हामी, अहिले किन सुनिन्छ? अहिले किन त्यसमा उहाँहरूको आकर्षण देखिन्छ?'

उनले संदिग्ध भाग्ने मौका नदिई सबै आरोपितको नाम एकैपटक बाहिर ल्याउन पनि उनले माग गरे।

अन्यथा बृहत् आन्दोलनको चेतावनी उनले दिए। भारतको किसान आन्दोलन, थाइल्याण्डमा रेड टिसर्ट प्रदर्शन, अरब स्पिरिङ, ब्राजिलको भ्रष्टाचारविरुद्धको आन्दोलनको उदाहरण दिँदै उनले लामो आन्दोलन गर्ने चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .