राजनीति


टोपबहादुर पक्राउ परेको प्रहरीको पत्र संसद् सचिवालयमा पुग्यो

टोपबहादुर पक्राउ परेको प्रहरीको पत्र संसद् सचिवालयमा पुग्यो

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी। तस्बिर: सरोज बैजु


नेपालखबर
जेठ १, २०८० सोमबार १५:४२, काठमाडौँ

पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र नेपाल प्रहरीले संसद सचिवालयलाई पठाएको छ।

गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी भएका रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको व्यहोरासहितको पत्र जिल्ला प्रहरी परिसर काठमाडौंले संसद् सचिवालयलाई सोमबार पठाएको हो। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार थिए।

तर उनी फरार भएको ११ दिनपछि काठमाडौंबाटै पक्राउ परेका हुन्। उनलाई प्रहरीले सोमबारै जिल्ला अदालत काठमाडौंमा पेश गरेर तीन दिनको म्याद लिइसकेको छ। 

अब सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को दफा २४८ उपदफा १ मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम प्रतिनिधिसभाका सदस्य रायमाझी पक्राउ परेको सूचना संसद बैठकमा दिने छन्। 

प्रहरीको पत्र संसद सचिवालयमा पुगेसँगै रायमाझीलाई सांसद पदबाट निलम्बनका लागि आवश्यक प्रक्रिया संसद सचिवालयले अघि बढाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .