राजनीति


मञ्जु खाँणबारे कांग्रेस प्रवक्ताको जवाफ : को कहाँ छ भनेर पार्टी पछि लाग्ने कुरो हुँदैन

मञ्जु खाँणबारे कांग्रेस प्रवक्ताको जवाफ : को कहाँ छ भनेर पार्टी पछि लाग्ने कुरो हुँदैन

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १२:३०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाकी सदस्य मञ्जु खाँणको अवस्थाबारे अनभिज्ञता प्रकट गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका पति बालकृष्ण खाँण वैशाख २७ गते पक्राउ परेयता मञ्जु गायब छिन्।

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाहरुले साढे ६ करोड रुपैयाँ बुझाएको दाबीसहितको अडिओ सार्वजनिक भएयता मञ्जुको अवस्था अज्ञात छ।

यस्तोमा कसैले काठमाडौंमै भूमिगत भएको त कसैले विदेश भासिएको आकलन गरिरहेका छन्। 

कांग्रेस नेतृसमेत रहेकी मञ्जुबारे मंगलबार पार्टी प्रवक्ता डा. प्रकाशशरण महतसँग पत्रकारहरुले चासो राखे। उनीहरुले मञ्जुको अवस्थाबारे पार्टी जानकार छ कि छैन भनेर महतलाई सोधेका थिए। 

‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन’, मञ्जुबारेको जवाफमा महतले भने, ‘तर अहिले हाम्रा केही नेताविरुद्ध मिडिया र सामाजिक सन्जाल ट्रायल भइरहेको छ।’

उनले मञ्जुले जस्तै बिचौलियाबाट २ करोड रुपैयाँ लिएको दाबीसहितको अडिओलाई लिएर अर्की कांग्रेस नेतृ आरजु देउवाले साइबर ब्युरोमा उजुरी दिएको पनि बताए। 

यो प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल गरेर दोषी हो भन्न खोजिएको भन्दै डा. महतले आपत्ति जनाए। 

मञ्जुका पति बालकृष्ण अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनले यो प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग मिलेर रकम लेनदेन गरेको प्रमाण प्रहरीले बटुलेको छ। तर उनकी पत्नी मञ्जु भने प्रहरीले अनुसन्धानको दायरामा नल्याउँदै एक सातादेखि गायब छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .