राजनीति


आरजुको समर्थनमा उत्रियो किसान संघ, चरित्र हत्या गरिएको भन्दै आपत्ति

आरजुको समर्थनमा उत्रियो किसान संघ, चरित्र हत्या गरिएको भन्दै आपत्ति

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १६:३७, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर चरित्र हत्या गरिएको भन्दै नेपाल किसान संघले आपत्ति जनाएको छ। 

कांग्रेसनिकट उक्त संगठनका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले मंगलबार विज्ञप्ति निकालेर आफूलाई आरजुको पक्षमा उभ्याएका हुन्। 

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् माननीय सांसद डा. आरजु राणा देउवा लगायत अन्य नेताहरुलाई विभिन्न सञ्चारमाध्यममा विदेश भागेको साथै मिडियामा क्यारिकेचर र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराप्रति नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, तिमल्सिनाले भनेका छन्। 

उनले अनसन्धानलाई चाँडो निष्कर्मा पुर्‍याउन पनि आग्रह गरेका छन्। 

‘यथाशीघ्र अनुसन्धानलाई टुंगोमा पुऱ्याउन नेपाल सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई नेपाल किसान महासंघ केन्द्रीय समिति आग्रह गर्दै अनुसन्धानमा नेपाल किसान महासंघको पूर्ण सहयोग रहने कुरा पनि जानकारी गराइन्छ’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .