राजनीति


सरकारी वकिलसमक्ष साढे ६ घण्टादेखि बालकृष्णको बयान

सरकारी वकिलसमक्ष साढे ६ घण्टादेखि बालकृष्णको बयान

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १८:०, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान चलिरहेको छ।

सोमबार सन्चो छैन भनेपछि रोकिएको बयान मंगलबार फेरि थालिएको थियो। बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा खाँणको बयान ६ घण्टादेखि चलिरहेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो।

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टोपनारायण पाण्डेसँग मिलेर उनले बिचौलियाबाट करोडौँ रुपैयाँ लिएको आरोप छ।

त्यसैगरी गृहमन्त्री हुँदा पनि उनले बिचौलियालाई सहयोग मिल्ने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप पनि छ। 

यसअघि चार दिन म्याद थप गरिएका उनको नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबारदेखि बयान थालिएको थियो। तर उनले सन्चो नभएको बताएपछि सोमबार दिउँसो नै उनलाई सरकारी वकिलको कार्यालयबाट परिसरमै लगिएको थियो।

यसअघि प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र बालकृष्ण गृहमन्त्री हुँदाकै गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार सकिएको थियो। 

त्यसैगरी आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सोमबार नै सकिएको छ।

यसअघि पक्राउ परेका १२ जनाको बयान सकिएको छ। अब बालकृष्ण र पूर्वसांसद आङटावा शेर्पाको बयान बाँकी छ।

आङटावाले सोमबार आत्मसमर्पण गरेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .