राजनीति


लडाकु शिविर घोटाला र सीसीटीभी फुटेज प्रकरणको पनि छानबिन गरौँ : शंकर पोखरेल

लडाकु शिविर घोटाला र सीसीटीभी फुटेज प्रकरणको पनि छानबिन गरौँ : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:२, काठमाडौँ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छ्न्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन खोज्नु राज्यविरुद्धको घात भएको बताए।

महासचिव पोखरेलले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको बताए।

उनले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सीसीटीभी फुटेज प्रकरणबारे पनि छानबिन गर्न माग गरे। ‘नेपालीलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यविरुद्धको घात हो, गम्भीर अपराध हो’, उनले भने। 

पोखरेलले कसैलाई नक्कली आरोप लगाउन छाडेर आशंका र अविश्वास भएका विषयमा छानबिन गर्नुपर्ने बताए। 

‘नक्कली आरोप लगाउन छोडौँ, कुनै पनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौँ, सबै छानबिनका लागि तयार हुनुपर्छ। शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठूलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौँ ’, उनले भने, ‘बालुवाटार लगायत अनेकौँ घटना छानबिन गरौं। राजश्वका दर हेरफेर गरेर केही व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सीसीटीभी फुटेज प्रकरण पनि छानबिन गरौँ, तर समाजलाई नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगरौँ।’

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको उल्लेख गरे। उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताए।

उनले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमति उठ्ने गरेको तर अहिले राजश्व नै उठ्न नसक्नुको कारण माग गरे।

पोखरेलले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहित गर्ने नीति अवलम्बन गरेकै कारण नेपाल आर्थिक संकटमा फसेको दाबी गरे।

उनले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .