ad ad

राजनीति


ढोरपाटनका मेयर देवकुमार एमाले गण्डकीको सदस्यबाट निलम्बित

ढोरपाटनका मेयर देवकुमार एमाले गण्डकीको सदस्यबाट निलम्बित

नेपालखबर
जेठ १०, २०८० बुधबार १९:२३, पोखरा

नेकपा एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमारले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि एमालेले सो निर्णय गरेको हो। उनी गएको निर्वाचनमा एमालेकै टिकटबाट मेयरमा निर्वाचित भएका थिए।

एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार पार्टीको मंगलबारको बैठकले घटनाको निरुपण नहुँदासम्मको लागि उनलाई प्रदेश कमिटीको सदस्यबाट निलम्बन गरेको हो।

एमाले गण्डकीद्वारा जारी विज्ञप्तिमा बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीहरुलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर रहेको उल्लेख गर्दै सरकारी निकायबाट सुरु गरिएको छानबिन प्रक्रियामा सघाउन सबैसँग आग्रह पनि गरिएको छ।

विज्ञप्तिमा घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई बचतकर्ताको सम्पूर्ण रकम शिघ्र फिर्ता गर्न आग्रह पनि गरिएको छ।

देवकुमार गएको शुक्रबारदेखि सम्पर्कविहीन छन्। उनीमाथि सर्वसाधारणबाट संकलित करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .