ad ad

राजनीति


अमेरिकी हस्तक्षेप नरोके नेपाल युद्धको चपेटामा पर्नेछ : पौडेल

अमेरिकी हस्तक्षेप नरोके नेपाल युद्धको चपेटामा पर्नेछ : पौडेल

नेपालखबर
जेठ ११, २०८० बिहिबार १६:२५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी हस्तक्षेपलाई समयमै रोक्नुपर्ने बताएकी छन्।

प्रगतिशील पत्रकार संघ नेपाल, प्युठानले बिहीवार बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले अमेरिकी हस्तक्षेप रोक्न नसके नेपाल युद्धको चपेटामा पर्ने बताएकी हुन्।

‘चीन घेर्ने रणनीतिक उदेश्यका साथ अमेरिका नेपाल प्रवेश गरेको छ। यसलाई समयमै रोक्न आवश्यक छ’ पौडेलले भनिन्, ‘अन्यथा नेपाल चीन र अमेरिकाबीचको लडाइँको चपेटामा पर्नेछ।’

पौडेलले एमसीसी पास गरेर नेपालले अमेरिकी हस्तक्षेपलाई आमन्त्रण गरेको आरोप पनि लगाइन्। उनले अमेरिका जुन जुन देशमा जान्छ, त्यहाँ ध्वस्त पारेको उनले स्मरण गराइन्।

पौडेलले अमेरिका पहिला अप्रत्यक्ष रुपमा आउने गरेकोमा अहिले प्रत्यक्ष रुपमै नेपाल प्रवेश गरेको आरोप पनि लगाइन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाबाट सञ्चालित भएको उनको दाबी थियो।

फरक प्रशंगमा उनले गणतन्त्र र धर्म निरपेक्षताको रक्षा मुलुकको मुख्य कार्यभार भएको बताइन्। तर, संघीयता खारेजी गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनको भनाई थियो।
पौडेलले भ्रष्टाचारले मुलुकलाई खोक्रो बनाएको भन्दै सबै काण्डको छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्ने बताइन्।

प्रगतिशील पत्रकार संघ नेपाल, प्युठानका कार्यवाहक अध्यक्ष जुमानसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा राजमोका केन्द्रीय, प्रदेश र जिल्लास्तरीय नेताहरुको सहभागिता थियो।

जनमोर्चाले जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट एकैसाथ ‘अमेरिकी साम्राज्यवाद विरुद्ध मेची महाकाली अभियान’ सुरु गरेको थियो। सोही अभियानको पश्चिमी टोली प्युठान पुगेको हो।

पूर्वी टोली भने झापा पुगेर फर्किएको छ।

यो अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने जनमोर्चाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .