राजनीति


कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १३:५८, काठमाडौँ

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन्।

सभापति शेरबहादुर देउवाले शुक्रबार विश्वकर्मालाई प्रचार विभाग प्रमुख मनोनित गरेका हुन्।

उनलाई यसअघि सभापति देउवाले प्रवक्ता बनाउन चाहेका थिए। तर, अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले प्रवक्ता छोड्न नमानेपछि प्रचार विभाग प्रमुखको जिम्मा दिइएको हो।

एक महिनाअघि नै विश्वकर्मालाई प्रवक्ता दिने गरि पत्र नै तयार भएको कांग्रेस स्रोतले जनाएको थियो।

यसअघि १३ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पनि तत्कालीन केन्द्रीय सदस्य गगन थापालाई प्रवक्ता दिने गरि पत्र ड्राफ्ट भएको थियो।

तर, संस्थापन पक्षीय नेताले नमानेपछि विश्वप्रकाशलाई प्रवक्ता बनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .