राजनीति


२० मिनेटलाई स्थगित संसद् बैठक अब ३ बजे बस्ने

२० मिनेटलाई स्थगित संसद् बैठक अब ३ बजे बस्ने

संसद् बैठकमा नाराबाजी गर्दै एमाले सांसदहरु। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १४:५८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधपछि शुक्रबार मध्यान्ह १२.४५ बजे २० मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक अब आजै दिउँसो ३ बजे बस्ने भएको छ। 

सभामुख देवराज घिमिरेले तोकेको समयमा बस्न नसकेपछि अब दिउँसो ३ बजेका लागि बैठक राखिएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए। 

‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्मानीय समाभुखज्यूले सभाको बैठक आजै दिनको ३ बे बस्ने गरी निर्धारण गर्नु भएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .