राजनीति


अन्ततः सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यता महसुस गरेँ : प्रधानमन्त्री

अन्ततः सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यता महसुस गरेँ : प्रधानमन्त्री

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री।


नेपालखबर
जेठ १३, २०८० शनिबार १८:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अन्ततः सम्झौताको मान्यताबाट अघि बढुनपर्ने महसुस गरेको बताएका छन्। आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

‘अन्ततः सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यता मैले महसुस गरेँ,’ प्रधानमन्त्रीले सम्बोधनको क्रममा भने, ‘परम्पराका पनि जे छन्, त्यसलाई एक हदसम्म स्वीकार गरेर जानुपर्ने र केही नयाँ कुराहरु पनि सम्बोधन गरेर लानुपर्नेछ।’

साथै, सरकारको नीति तथा कार्यक्रमलाई ‘कर्मकाण्डी’ भन्नेहरूलाई विगतको जस्तो परम्परागत शैलीको नरहेको दाबी गरे। 

‘यो पटटकको मौलिकता, सबै दलको अपनत्व र स्वामीत्व यो नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको छ। यो नीति तथा कार्यक्रम विगतको भन्दा फरक सन्दर्भसहित आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

‘जसले यसलाई कर्मकाण्डी भन्नुभएको छ, म एक हदसम्म भन्ठान्छु, यो कर्मकाण्डी पनि छ। कयौं आधारभूत कुराहरु यसअघिका सरकारहरुले ल्याउने पनि यस्तै हुन्थ्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ त्यसकारण यो कर्मकाण्डी नै हो भने, हिजो सरकारको नेतृत्व गर्ने साथीहरुले भन्नुपर्ने हुन्थ्यो, हिजो सरकारको नेतृत्तव गर्ने पार्टी र नेता साथीहरुले भन्नुपर्ने हुन्छ, विल्कुल ठिक आयो, हामीले ल्याएको जस्तै आयो। हामीले पनि यस्तै ल्याउँथ्यौं, अहिलेको सरकारले पनि त्यस्तै ल्याएको हुनाले समर्थन गर्नुपर्ने हुन्छ।’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति कटाक्ष गर्दै अघि भने, ‘पहिलाकोले ल्याएको यो भन्दा गुणात्मक रुपमा फरक थियो र? त्यसकारण यहाँ कहीँ न कहीँ हाम्रो राष्ट्रिय सहमति छ भन्ने ठान्छु म।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .