राजनीति


संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरी अध्ययन गरिने

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरी अध्ययन गरिने

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८० सोमबार १०:७, काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिको प्रक्रिया अघि बढाउन आज (सोमबार) संसदीय सुनवाइ समितिको बैठक बस्दै छ। 

बैठक सोमबार बिहान ११ बजे सार्वजनिक लेखा समितिको सभाहल भवन नं १, कोठा नम्बर ४११ मा बस्नेछ। 

आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली समितिका सदस्यहरूलाई वितरण गरिनेछ। 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध ३० वटा उजुरी परेका छन्। 

यस्तै सो बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकाबारे छलफल तथा निर्णय गरिने समितिले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ। 

यसैबीच संवैधानिक परिषद्ले आइतबार मात्र प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवकाशको पत्र थमाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .