राजनीति


मधेश प्रदेशको बजेट घटेको छैन, ठूला आयोजना त्यहीँ बन्दैछन् : प्रधानमन्त्री

मधेश प्रदेशको बजेट घटेको छैन, ठूला आयोजना त्यहीँ बन्दैछन् : प्रधानमन्त्री

संसद् बैठकमा जवाफ दिँदै प्रधानमन्त्री। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
असार ८, २०८० शुक्रबार १२:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन्। 

उनले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेश प्रदेशमा जाने गरेको बताए। 

उनले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया-वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइभर्सन, बागमती-कमला चन्द्रनहर लगायत सिँचाइ आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजना तराई-मधेशलाई लक्षित गरि अगाडि बढाएको बताए। 

उनले तराई मधेश समृद्धि कार्यक्रम,मधेशलाई काठमाडौंसँग जोड्ने द्रूतमार्ग लगायतका ठूला परियोजना पनि मधेश प्रदेशमा पर्ने बताउँदै तिनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए।

मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो नभएको उनले बताए। संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा जाने गरेको प्रधानमन्त्रीले बताए। 

उनले मधेशमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत प्रभावलाई समेत सकारात्मक रुपमा लिनुपर्ने बताए। उनले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .